निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ नदीकट्टा टोल भमरामा आज दिउसो आगलागी भएको छ ।
स्थानीय टिका राम पाख्रिनको घरमा दिउसो सबा १२ बजे आगलागी भएको हो । आगलागीमा परेर घरमा रहेको खाद्यान्न, लत्ताकपडा सहित ५÷६ लाख रुपैया बराबरको धनमालको क्षति भएको स्थानीय समाजसेवी मानबहादुर श्रेष्ठले बताउनुभयो ।
स्थानीयबासिन्दा, प्रहरी र निजगढ नगरपालिकाबाट गएको दमकलको मद्दतमा आगो नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।