निजगढ,निजगढ क्रिकेट क्लब बाराको कोल्हबीमा जारी दोश्रो कोल्हबी मेयर कप टि– ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलमा कोल्हबीको सपही क्रिकेट टिमलाई ३० रनले पराजित गर्दै निजगढ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको निजगढले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । निजगढको लागि शुरुवाती ब्याट्सम्यान दिलिप श्रेष्ठले सर्वाधिक २० रनको योगदान दिनुभयो भने कप्तान शंकर पौडेल र शिवनारायण सहनीले समान १८÷१८, स्वर्ण लामाले १७ र विकेट किपर निर्मल सापकोटाले १३ रनको योगदान गर्नुभयो । सपहीका लागि सन्तोष शर्माले सर्वाधिक ३ विकेट लिनुभयो भने असलम अन्सारी र सरोज बैठाले समान २÷२ विकेट र ईश्वर गौतमले १ विकेट हात पार्नुभयो ।

जवाफी ब्याटिङमा उत्रिएको सपहीलाई निजगढले शुरुवातदेखि नै दबाबमा राखेको थियो । ११८ रनको लक्ष पछ्याएको सपही १५ ओभर ३ बलमा ८७ रनमा नै सबै विकेट गुमाउंदै समेटियो । सपहीको लागि दिपेश यादवले १९ र सरोज बैठाले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन । सपहीलाई सस्तैमा समेट्न निजगढका दिलिप श्रेष्ठले ४ विकेट लिनुभयो भने प्रविण खड्काले ३, सुजन श्रेष्ठ र शंकर पौडेलले समान १÷१ विकेट लिनुभयो ।

खेलको म्यान अफ द म्याच निजगढका दिलिप श्रेष्ठ घोषित हुनुभयो ।

फाईनलमा स्थान बनाउनको लागि निजगढले अब कोल्हबी क्रिकेट टिम र रौतहटको विजयपुर क्रिकेट टिमबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । सेमिफाईनल खेलमा थप सुधार गर्दै टिम प्रतिस्पर्धामा उत्रने निजगढ क्रिकेट क्लबका व्यवस्थापक विष्णु खड्काले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here