निजगढ,अमेरिकन सहयोगी संस्था युएसआईडीले बाराको निजगढ नगरपालिका वडा नम्बर १२ कोलगाउँमा वन, जल, मानव र वन्यजन्तु सह–अस्तित्व सम्बन्धि सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
पशुपती सामुदायिक वनको सहकार्यमा मंगलवार भएको सो अभिमुखीकरण कार्यक्रममा स्थानीय समुदाय र सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

वन र वन्यजन्तु संरक्षण सम्बन्धि उपायबारे स्थानीयलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रशिक्षण अर्जुन खनालले जानकारी दिनुभयो ।अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि पशुपती सामुदायिक वन समितिका अध्यक्ष धनबहादुर खुलाल, सहजकर्ता ज्योति धमला, धारापानी सामुदायिक वन समितिका अध्यक्ष एवम संचारकर्मी उमेश घलान, वन हेरालु जगत बल, पशुपती सामुदायिक वन समितिका पदाधिकारी र स्थानीय वन उपभोक्ताहरुको सहभागिता रहेको थियो ।


















