निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनालाई सम्मान गरिएको छ ।

निजगढको बैंकरोड युवा बचत समूहले नवनिर्वाचित वडा अध्यक्ष तिमल्सिनालाई शनिवार सम्मान गरेको हो । वडा अध्यक्ष तिमल्सिना बैंकरोड युवा बचत समुहको सेयर सदस्य समेत हुनुहुन्छ ।

समुहले वडा अध्यक्ष तिमल्सिनालाई वडा अध्यक्षमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना सहित सफल कार्यकालका निम्ति शुभकामना दिएको समुहका सदस्य सुदिप कोइरालाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here