कृपा संवाददाता
निजगढ , ३० फागुन । निजगढमा संचालन भएको सप्ताहब्यापी ट्राफिक र वित्तिय सचेतना कार्यक्रम एक समारोहाबीच शुक्रवार सम्पन्न भएको छ । निजगढ नगरपालिकाकी उप नगर प्रमुख लिलादेवी लामिछानेको प्रमुख आतिथ्यतामा भएको सो समापन कार्यक्रममा साताभरी संचालन गरिएका कार्यक्रमबारे जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप नगर प्रमुख लामिछानेले सर्वसाधरणको चेतना अभिवृद्धि गर्न कार्यक्रम निकै फलदायी भएको बताउनुभयो । उहाले यस्ता कार्यक्रमहरु नियमित रुपमा हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

 

 

एक सातासम्म चलेको कार्यक्रम अन्र्तगत तालिम, डकुमेण्ट्री प्रदर्शन, ¥याली र हाते पर्चा वितरण गरेर दुर्घटना न्युनीकरणको उपाय र वित्तिय साक्षरतासम्बन्धि जानकारी प्रदान गरिएको थियो । त्यसैगरी सोही अभियानमा निजगढस्थि पुर्वपश्चिम राजमार्ग क्षेत्रामा सरसफाई गरिनुका साथै लागु औषध र्दुब्यसनी, घरेलु हिंसा र सुरक्षा सर्तकर्ता बारे पनि जानकारी दिईएको थियो ।

 

 

 

 

कार्यक्रम अन्र्तगत स्थानीय विद्यालयका २ हजार छात्रछात्रा र सर्वसाधरण समेत गरी ५ हजार भन्दा बढी लाभान्वित भएको लायन्स क्लव निजगढका अध्यक्ष खडकप्रसाद उप्रेतिले जानकारी दिनुभयो । ट्राफिक प्रहरी, एनएनबि बैङ्गकका कर्मचारी र लायन्स क्लवका स्वमसेवी कार्यकर्ताहरुले नगरका विभिन्न विद्यालयमा पुगेर छात्रछात्रालाई दुर्घटना न्युनिकरण र वित्तिय साक्षरता बारेमा तालिम दिनुभएको थियो ।

 

 

 

एनएनवि बंैक निजगढ शाखा प्रमुख रविन भण्डारीको अध्यक्षतामा नगरपालिका सभा हलमा भएको समापन कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुरेश थापा, वडा नम्बर २ का वडा अध्यक्ष केशव ढोडारी, वडा नम्बर ९ का सुर्दशन बडाल, वडा नम्बर ७ का टेकबहादुर लामा, समाजसेवी कैलाश तिमल्सिना, केदार गौतम लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन खडगप्रसाद उप्रेतीले गर्नुभएको थियो ।

 

 

 

सोही अवसरमा कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने महानुभाव र विभिन्न संघसंस्थालाई प्रसंशा पत्र समेत प्रदान गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यलय बारा, ईलाका प्रहरी कार्यलय निजगढ , एनएमबि बैंक निजगढ शाखा , लायन्स क्लब अफ निजगढ र लायन्स क्लब अफ निजगढ पिसको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here