निजगढ,निजगढ नगारपालिका वडा नम्बर ७ मा रहेको सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको सुविधाको लागि आइतवारबाट नगद काण्उटर र विप्रेषण (रेमिटान्स) भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ ।
जेष्ठनागरिकहरुको सुविधालाई ध्यानमा राखेर सहकारीले आफ्नो दुई तले भवनको भुइतलाको कोठाबाट सेवा सुरु गरेको हो । सहकारीले संचालनमा ल्याएको नगद काउन्टर र रेमिटान्स भुक्तानी सेवाको निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाले गर्नुभएको थियो । वडा अध्यक्ष लामाले रिवन काटेर सेवाको उद्धघाटन गर्नुभएको हो ।
आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउन सहयोग पुग्ने गरी संस्थाले सेवा प्रवाह गर्नुपर्ने अध्यक्ष लामाले बताउनुभयो । संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिमाया उपाध्याय पोखरेल, सचिव बोधनाथ चौलागाई, कोषाध्यक्ष बच्चुराम लामिछाने, संस्थाका सल्लाहाकार सदस्य एवम् निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुदर्शनप्रसाद कोइराला, सहकारी संचालक समितिका सदस्यहरुमा सुदिप तिमल्सिना, दिनानाथ साह, रमेश प्रसाद गौतम, लेखा समिति संयोजक रुद्र प्रसाद धिताल, सदस्य मञ्जु कार्की र कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाका ब्यवस्थापक हरि प्रसाद पण्डितले गर्नुभएको थियो ।