राजन कुमार बानिया
पोखरिया – पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरेबाट अबैध हतियार बरामद भएको छ । भारत संग सिमा जोडिएको धोरे गाउको उतर तर्फ रहेको झाडीबाट देशी कटुवा बन्दुक बरामद भएको हो । सशस्त्र प्रहरी बलको बोडर आउट पोष्ट पकहा मैनपुरको टोलीले विषेश सुचनाको अधारमा कटुवा बन्दुक बरामद गरेको छ । बरामद भएको कटुवा इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको पनि चन्द्रसिंह ले जनाएका छन। कटुवा हतियार को सम्बन्ध मा अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।