सिमरा,सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औं स्थापना दिवशको अवसरमा सिमरामा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा १ सयजना पुरुष तथा ७ जना महिलाले गरी कुल १०७ जनाले रगत दान गरेका छन । रक्तदान गर्नेमा संस्थाका २ जना सञ्चालक र ७ जना कर्मचारी पनि रहेका छन । रक्तदान कार्यक्रममा रक्त सञ्चार गृह वीरगन्ज तथा रेडक्रश सोसाइटी सिमराले प्राविधिक सहयोग गरेको थियो ।

संस्थाले स्थापना दिवशको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । जेष्ठ ११ देखि आगामी २० गतेसम्म बिभिन्न कार्यक्रमहरmको आयोजना गरी दिवस मनाइएको संस्थाका व्यवस्थापक महेश ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार सिमरा हुलासस्थित सरस्वति आधारभुत विद्यालयमा १० थान शिलिङ्ग पंखा र जीतपुरको स्वास्थ्य चौकीलाई १ थान प्रसुती टेवल हस्तान्तरण गरिएको छ । त्यसैगरी आगामी १७ गते जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघ¤ास्थित आधारभुत विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको व्यवस्थापक ढुङ्गेलले जानकारी दिनुभयो ।

Leave a Reply