निजगढ,नेपाल तामाङ घेदुङ मधेस प्रदेशको दोस्रो अधिवेशन शनीवार सर्लाहीमा सम्पन्न भएको छ ।अधिवेशनमार्फत बाराको निजगढ नगरपालिकाबाट चारजना सर्वसम्मत प्रदेश समितिमा चयन भएका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा सुनमाया लोप्चनसहित सदस्यहरूमा मंगले लोप्चन, ज्ञानबहादुर थिङ र कुमारबहादुर मोक्तान सर्वसम्मत रूपमा चयन भएका हुन ।अधिवेशनले तामाङ समुदायको हक अधिकार, भाषा, संस्कृति र पहिचान प्रवद्र्धनमा थप प्रभावकारी भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरिएको छ ।

Leave a Reply