कृष्णउदास खनाल
वीरगन्ज,लामो समयदेखि बन्द रहेको वीरगन्जको सीमा नाका खुलाउन माग गर्दै सोमबार वीरगन्जका होटल तथा पर्यटन ब्यवसायीहरुले प्रधानमंत्रीको ध्यानाकर्षण गराएका छन् । प्रधानमंत्री शेर बहादुर देउवालार्य भेट्दै उनीहरुले वीरगन्जको सीमा नाकाबाट भारतीय सवारी साधनलाई निर्वाध रुपमा आउन नदिँदा पर्यटकहरु घटेको र जसका कारण यस क्षेत्रको होटल ब्यवसाय चौपट भएको कुरा समेत प्रधानमंत्री समक्ष राखेका छन् । सीमा नाका बन्द हुँदा वीरगन्ज क्षेत्रका होटल ब्यवसाय र यहाँको पर्यटन क्षेत्रमा परेको समस्याको बिषयमा प्रधानमंत्री देउवाको ध्यानाकर्षण गराइएको होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो । उहाँले प्रधानमंत्री देउवा यो बिषयमा सकारात्मक भएको पनि जानकारी दिनुभयो । २०७६ साल चैत ११ गतेबाट कोरोना संक्रमणको जोखिम रहेको भन्दै सरकारले बन्द गराएको सीमा नाका औपचारिक रुपमा अझै नखुलेपछि यहाँका ब्यवसायीहरु मारमा परेका हुन् । उनीहरुले पटक पटक सीमा नाका सहज बनाइदिन माग गर्दै आइरहेका छन् । वीरगन्जमा करिब ७० वटा साना तथा ठूला होटल रहेको र २० अर्बको लागनी होटल क्षेत्रमा रहेको यहाँका ब्यवसायीहरुको भनाइ छ ।

 

Leave a Reply