कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ कोईरीया टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार स्थानीय ३२ वर्षिया हजरा खातुन रहेकी छन् । गम्भीर घाइते भएकी खातुनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको ना.२४.प.१३९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।