सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थित भगवती स्टील प्रालिको आधिकारिक ट्रेड युनियनमा नेकपा एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) विजयी भएको छ ।उद्योगको आधिकारिक ट्रेड युनियनका लागि भएको निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक क्रान्तिकारी मजदुर संघलाई ९ मतले पराजित गर्दै एमाले निकट युनियन विजयी भएको हो ।कुल दुई सय ६४ मतदातामध्ये निर्वाचनमा दुई सय ६१ मतदाता सहभागी भएका थिए । निर्वाचनमा खसेको मतमध्ये एमाले निकट युनियनले एक सय ३५ मत र माओवादी निकट युनियनले एक सय २६ मत प्राप्त गरेको हो ।दुई वर्षका लागि उधोगको आधिकारिक युनियनमा निर्वाचित भएपछि एमाले निकट मजदुर युनियनका मजदुरहरुले विजय ¥यालीसहित सभाको आयोजना गरेका थिए । सभालाई समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन) का केन्द्रीय अध्यक्ष आनन्द थामी, सचिव गीता भण्डारी, सदस्य मनोज चौधरी, व्हिन प्रदेश अध्यक्ष हेमराज, निर्वाचित अध्यक्ष रुपकान्त चौधरीलगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply