राजकुमार यादव
मौलापुर,रौतहटको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना उम्मेदवार निर्विरोध चयन भएका छन् । आठैजना उम्मेदवार नेकपा एमालेका हुन् ।
नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठजना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतका अनुसार कार्यपालिका सदस्य आठजनाका लागि एमालेबाट महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकबाट उम्मेदवारी परेको थियो ।
मौलापुर नगरपालिका वडा नम्बर २ की अनिता देवी राम, वडा नम्बर ४ की शान्ति पासवान तथा बुधिया देवी, वडा नम्बर ६ की प्रतिमा देवी र वडा नम्बर ९ की आशा देवीको उम्मेदवारी परेको थियो भने दलित तथा अल्पसङ्ख्यकबाट वडा नम्बर १ का वैजनाथ साह कलवार, वडा नम्बर ६ का चन्देश्वर बैठा र वडा नम्बर ५ का सुनिल कुमार साह कानुले उम्मेदवारी दिएका थिए । सबै उम्मेदवार सर्वसम्मतरुपमा चयन भएका हुन ।