सिमरा,जीतपुरसिमरा गोल्डकप आयोजक क्लब नवजनजागृति युवा क्लबको कार्यालयमा चोरी भएको छ । कार्यालयबाट सिसि टिभी क्यामरा र केही थान फुटवल चोरी भएको हो ।

सिमरा रंगशालाको प्याराफिटमुनि रहेको कार्यालयको ताला फोडेर तीन लाखभन्दा बढी मूल्य बराबरको सिसि टिभी क्यामरा, फुटबल चोरी भएको हो । क्लबका अध्यक्ष रामचन्द्र लामाले क्लबको ढोका र दराज तोडेर १४ थान क्यामरा सहित विभिन्न डिभाईस, फुटबल चोरी भएको जानकारी दिनुभयो । घटनाबारे प्रहरीलाई जानकारी गराएको र चोरी भएको सामानको खोजी भइरहेको लामाले बताउनु भयो ।

Leave a Reply