निजगढ,निजगढ नगरपालिकाको भ्याकुर टोलमा निर्माण गरिएको नेपालका प्रथम सहिद लखन थापाको शालिक आगामी फाल्गुण २ गते अनावरण गरिनेभएको छ ।निजगढ नगरपालिका वडा नम्बर ७ स्थित नेत्रोदय माविको प्राङ्गणअगाडिको योजना टोल चौतारामा निर्माण निर्माण गरिएको सहिद थापाको शालिक निर्माण कार्य पूरा भएपछि अनावरण गर्ने कार्यक्रम राखिएको शालिक निर्माण समितिका संयोजक खडगबहादुर आलेले बताउनुभयो । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले शालिक अनावरण गर्ने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो ।

शालिक निर्माणको काम केही समयपहिला नै पूरा भइसकेको भएपनि रंगरोगनको काम भने हालै मात्र पूरा भएकोे हो । शालिक निर्माण कार्य पूरा भएपछि समितिले अनावरण गर्ने कार्यक्रम बनाएको हो । स्थानीय दाताहरुको आर्थिक सहयोगमा बाहिरबाट कालिगढ बोलाएर समितिले शहिद थापाको पूर्णकदको शालिक निर्माण गरेको हो ।राणा प्रधानमन्त्री जंगबहादुरले नेपालको शासन सत्ता हातमा लिएपछि विद्रोहामा उत्रिनुभएका सहिद लखन थापाको तत्कालिन शासकहरुले गोली हानी हत्या गरेका थिए । थापालाई नेपाल सरकाले पहिलो शहिद घोषणा गरेको छ ।

राणा प्रधानमन्त्री जंगबहादुर थापाविरुद्ध विद्रोह गर्ने क्रममा सन १८५७ मई १० मा हत्या गरिएका थापा नेपालका प्रथम शहिद हुनुहुन्छ । उहाँको जन्म गोरखा जिल्लाको सहिद लखन गाउँपालिका वडा नम्बर. ७ स्थित काहुले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गाउँ विकास समिति वडा नम्बर ४) मा वि.सं. १८९१ मा भएको थियो ।

Leave a Reply