सिकिन्द्र साह

सिम्रौनगढ,बारा जिल्लाको पचरौता नगरपालिकामा नगर अस्पतालको आइतवार एक कार्यक्रमबीच उद्धाटन गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ४ बेल्दारीमा १५ शैयाको नगर अस्पताल पचरौता नगरपालिकाका प्रमुख रमेशकुमार यादवले गर्नु भएको हो ।

नगर अस्पतालमा ल्याब सुविधासहित फार्मेसी सेवा, गर्भवती जाँच सेवा, भिडियो एक्सरे, डिजिटल एक्सरे, ओपिडी, नेबुलाइजर र २४ सैं घन्टा एम्बुलेन्सको सेवा समेत उपलब्ध हुने बताइएको छ ।

अस्पताल उद्धाटन कार्यक्रममा भवन निर्माणको लागि जग्गा दान गर्ने स्थानीय रामजित यादवलाई खादा ओढाएर सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले गत स्थानीय निर्वाचनमा जनतासंग गरेको प्रतिबद्धताअनुसार अस्पताल उद्धाटन गरिएको बताउनुभयो । उहाँले नगरको स्वास्थ र शिक्षाको क्षेत्रमा आफूले देखिने गरी काम गरेको दाबी पनि गर्नुभयो । उहाँले नगरबासीलाई सस्तो र सुलभरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन एमबिबिएस चिकित्सको प्रवन्ध मिलाएको पनि बताउनु भयो ।

नगर प्रमुख यादवले विपक्षीहरको अवरोधका बाबजुद पनि नगरबासी जनताको सहयोगमा अस्पताल स्थापना गरेर उद्धाटन गर्न सफल भएको बताउनु भयो । यसरी नै जनताको साथ र सहयोग प्राप्त भयो भने आफू आगामी दिनमा पनि पचरौता नगरपालिकालाई सुन्दर र हराभरा बनाउनेतर्फ लागि पर्ने बताउनुभयो ।

वडा अध्यक्ष कन्हैयाप्रसाद यादवले अध्यक्षता गर्नु भएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र वडा अध्यक्ष मनोज यादव विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । कार्यक्रम सन्चालन अखिलेस यादवले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here