शुक्रबार बिहानै नेपालका मुख्य संचार माध्यामहरुले काठमाडौं महानगरपालिकाका मेयरमा बालेन्द्र साह अथवा बालेन साह बिजयी भएको समाचार प्रकाशित र प्रसारित गरे । बालेन्द्र साह स्वतन्त्रबाट मेयरमा उठेका थिए र उनले अत्याधिक मत ल्याएर मेयरमा बिजयी भएका हुन् । राजनीतिक दलहरुबाट उठेका उम्मेदवारहरु भन्दा उनी निकै मतले विजयी भए ।

आजसम्म उनको पृष्ठभूमि स्वतन्त्र नै हो । त्यसो त काठमाडौंमा उदाएका बालेन्द्र जस्तै धनगढी र धरानमा पनि उदाए र अन्य केही स्थानमा पनि । नेपालका राजनीतिक दलहरु सकृय छन् र शासन सत्ता उनीहरुकै वरपर घुमिरहेको छ । तर संघीय राजधानी काठमाडौंका मतादताहरुले विकल्प खोज्नु आफैमा दलहरुका लागि चुनौती हो ।

दलको घेराबन्दी हुदाहुदै पनि बालेन्द्रहरु जन्मनु मुलुकमा राजनीतिक दलहरु कतै असफल त भएका छैनन् भन्ने पनि हो । दलीय प्रर्णाली असफल हुदा मुलुक नै असफल हुने संभावना पनि उत्तिकै रहन्छ । अहिले नै नेपालमा स्वतन्त्र व्यक्तिहरुले शासन सत्ता चलाइ हाल्ने अवस्था छैन तर समय परिवर्तन भने हुनेछ । दलहरुले आफूमा भएको घमण्ड र दम्भ त्यागेको खण्डमा मात्रै बालेनहरुको दिन सकिने छ अन्त बालेकहरु उदय भइ रहनेछन् ।

 

Leave a Reply