सिम्रैनगढ,चैते दशैंको अवसरमा बुधबार बाराको सिम्रौनगढस्थित प्रसिद्ध शक्ति पिठ कंकालीमाई मन्दिरमा घट्स्थापन भएको छ ।यस अवसरमा कुमारी कन्या एवम स्थानीय महिलाहरुको सहभागितामा शोभा जलयात्रा निकालिएको थियो ।सिम्रौनगढको कन्काली मन्दिरबाट सुरु भएको जलयात्राले कन्काली ईशरा पोखरीमा जल भरेर नगर परिक्रमा पछि मन्दिरमा पुगेर विधिवत रुपमा घटस्थापना गरिएको थियो । सो अवसरमा स्थानीय श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको थियो ।



















