सरकारले मंगलबार सदनमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति बिद्यादेवी भण्डारीले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धेरै कुरा समावेश भएका छन् । धेरै कुुरा त्यसमा उठान पनि गरिएको छ । त्यसो त संबिधान अनुसार नै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

यसैका आधारमा अब सरकारले यही जेठ १५ गते सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने छ । मुलुक एक प्रकारले आर्थिक रुपमा जर्जर रहेको अवस्थामा सरकारले ल्याउने नीति तथा कार्यक्रमको महत्व भएपनि यसमा समावेश भएका कतिपय कुराहरु कार्यान्वयनमा चुनौती छ । आर्थिक अवस्थामा पनि सुधार छैन ।

यस्तो अवस्थामा सरकारले ल्याउने बजेट पनि कार्यान्वनमा चुनौती छ । तर पनि कार्यान्वयन गर्नुको बिकल्प पनि छैन । केही महत्वकांक्षी नै भएपनि सरकारले ल्याएको नीति तथा कार्यक्रमले निम्न स्तरका केही नागरिकहरुको भावना पनि समवेश गरेको छ । अब यसको कार्यान्वयन कसरी हुन्छ, त्यो भने हेर्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here