निजगढ,बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले संचालन गरेको व्यवसायिक पशुपालन एक दिने अभिमुखीकरण तालिम आइतबार सम्पन्न भएको छ । दुग्ध सहकारी संस्थामा आवद्ध किसानहरुको लागि आयोजना गरिएको तालिममा डेरी विषेशज्ञ गोपाल थापा र पशुपालन विशेषज्ञ रेखा केसीले किसानहरुलाई व्यवसायिक पशुपालन बारे जानकारी दिनुभएको थियो । तालिममा निजगढ नगरपालिकाभित्रका ३५ जना पशुपालक किसानको सहभागिता रहेको थियो । तालिममा पशुपालन व्यवसायलाई आधुनीकीकरण र व्यवसायी बनाउने बारेमा छलफल भएको संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरलले जानकारी दिनुभयो । त्यसैगरी पशुपालनको क्रममा किसानले भोग्नु परेका समस्याको पहिचान गरी समाधानका उपाय पत्ता लगाउन पनि तालिम आयोजना गरिएको अध्यक्ष अविरलले बताउनुभयो ।

Leave a Reply