बिदुर खडका
डुमरवाना,जीतपुरसिमराका लघुउद्यमीहरुले वित्तीय संस्था र बीमा कम्पनीहरुले आफूहरुलाई सुविधा नदिएर द्विविधामा पारेको गुनासो गरेका छन ।जीतपुरसिमरा उपमहानगरपालिका गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत वित्तीय संस्था, बीमा कम्पनी र लघु उद्यमीहरुबीच भएको छलफल कार्यक्रममा बोल्दै लघु उद्यमीहरुले यस्तो गुानासो पोखेका हुन ।वित्तीय संस्था र बीमा कम्पनीहरुले पशुपलनमा कर्जा प्रवाह नीति स्पष्ट नभएको कारण पशुपालक किसानहरु मारमा परेको उनीहरुले जनाएका छन ।यता वित्तीय संस्थाका प्रतिनिधिहरुले भने वित्तीय संस्थाहरु सेवा र नाफामुखी भएकोले उद्यमीहरुलाई कर्जा प्रवाह गर्दा राष्ट्र बैकको आचारसंहिता, उद्यमीको क्षमता र धितोको आधारमा नियम अनुसार कर्जा दिने जनाएका छन ।जीतपुरसिमरा क्षेत्रको ७ वटा बैङ्क तथा वित्तीय संस्था र ३ वटा बीमा कम्पनीहरुबीच भएको छलफल कार्यक्रममा नगर क्षेत्रका ७० जना उद्यमीहरुको सहभागिता रहेको थियो ।

















