वीरगन्ज,वडा प्रहरी कार्यालय श्रीपुर वीरगन्जले प्रतिबन्धित लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक आशुतोषबहादुर शाहीको नेतृत्वमा खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १२ बाईपास रोडस्थित हरियाली रेस्टुरेन्ट अगाडिबाट प्रतिबन्धित लागुऔषध बरामद गरेको हो ।विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक शाही नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वा निवासी २५ वर्षीय बब्लु पाठकको साथबाट ठूलो मात्रामा लागुऔषध बरामद गरेको हो । ना १ ज २०३७ नम्बरको टाटा सुमो गाडीमा चेकजाँच गर्दा कालो रंगको सेता धर्का भएको झोलाभित्र पोलिथिनमा टेपले बेरेको अवस्थामा १४ वटा पोका फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार गाडीबाट २ एमएलको नुर्फिन १४ सय एम्पुल, डाइजेपाम १४ सय एम्पुल, प्रोमेथा जीन हाइड्रोक्लोराइड इन्जेक्सन १४ सय एम्पुल बरामद गरिएको हो ।पक्राउ परेका बब्लुविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here