भन्ने बेलामा हरियो बन नेपालको धन भनिएपनि ब्यवहारिक रुपमा नेपालमा रहेका वन जंगलहरु भने मास्ने काम भइरहेको छ । तीब्र गतिमा वन फडानी कार्य अगाडि बढाइदैछ,जसले नेपालको अस्तित्व सकिने लगभग निश्चित जस्तै छ । वनको उचित संरक्षण नभएमा यसले भावी पुस्तालाई समेत असर गर्दछ । वनको संरक्षणका लागि सबैले चासो दिन पनि आवश्यक छ ।

 

 

 

 

 

 

बारा जिल्ला वनको हिसावले खानी भएको जिल्ला हो । बारामा चारकोखे जंगल देखि घना जंगल पनि रहेका छन् । तर,यी जंगलहरु बिस्तारै मासिदै गएका छन् ।मान्छेले आफ्नो स्वार्थका लागि वन फडानी गर्दै गइरहेका छन् । बन मासिदा आफैलाई घाटा हुन्छ भन्ने कुरामा मानिसले ध्यान दिएपनि मतलभ गरेको पाइदैन । वास्तवमा बन सबैको साझा सम्पत्ति हो । यसको संरक्षण पनि मानिसले गर्ने हो ।

 

 

 

 

 

 

बनको बिनास चरा वा जनावरहरुले गर्ने होइन मानिसले गर्दै आइरहेका छन् । वन बिनासको मुख्य भागिदार भनेको मानिस नै हो तर बनमाथिको अधिकार सबैलाई छ । सबैलाई वनको अधिकार भएपनि मानिसले आफ्नो आधिपध्य जमाउन खोज्नु घातक हो । वन सबैको साझा धनको रुपमा सबैले बुझ्न जरुरी छ ।

Leave a Reply