आजभन्दा करिब दुई सय वर्ष अगाडि नेपालका महिलाहरु श्रीमानको मृत्यु भएपछि उमेर जति नै भए पनि सति वा संगै जलेर मर्नु पर्दथ्यो । त्यो भनेको एक किसिमको दानवीय व्यवहार र नियम थियो । सति प्रथाको अन्त्यका लागि सयौं वर्ष महिलाहरुले कुर्न परेको थियो । यसको अर्थ यो पनि हुन्छ कि महिलाहरुलाई त्यत्तिबेलाको समाजले मानिसको रुपमा स्वीकार गरे पनि चरम विभेद भएको कुरा स्पष्ट हुन्थ्यो । समय फेरिएर आज डिजिटल युगमा प्रवेश गरेको छ ।

तर, मान्छेको ब्यवहार कतिपय अवस्थामा भने ढुंगे युगमा छ । बोक्सीको आरोप लगाएर महिलाहरुको पासविक हत्या भएका छन् । सरकार र विभिन्न संघसंस्थाहरुले कथित बोक्सीका बिरुद्धमा यो कुसंस्कारका पक्षमा अभियान संचालन गरे पनि अझै गरिब, दुःखी अनि बेसाहारा महिलामाथि यो बर्बरता हुने क्रम रोकिएको छैन । कसैलाई बोक्सीको आरोप लगाउनु अब कानुन र व्यवहार दुबै रुपमा एकदमै दण्डनीय छ ।

यत्ति कुरा थाहा भएर पनि कतिपयले भने यस्तो हर्कत गर्ने गरेको पाइन्छ । एक त बोक्सी भन्ने कुरा हुदै हुदैन । यसमा कति पनि भ्रम नराखौं त्यसो त फेरि बोक्सी पुरुष हुदैन र ? अथवा अलि सुकिला महिला हुदैनन् र ? केवल गरिब, अनि बेसाहार महिलामाथि यस्तो जघन्य आरोप लगाएर दुव्र्यवहार अझै भएको पाइएको छ । यस्तो अपराधमा संलग्न जो भए पनि कडा कारबाहीको आवश्यक छ । कुनै पनि हालतमा यस्ता व्यक्तिहरुलाई कानुनको दायरामा ल्याएर कडा कारबाही गर्न आवश्यक छ । वास्तवमा न त बोक्सी हुन्छ अथवा डायन नै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here