नरेश गुप्ता
बरियारपुर,बाराको पचरौता नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार जलन्धर सिंह ४ हजार ७३२ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रमेशकुमार यादवले ४ हजार ४६१ मत ल्याउनुभएको छ । पराजित यादव निवर्तमान मेयर हुनुुहुन्छ । यस्तै उपमेयरमा एमालेकै नसिमा खातुन ४ हजार ५३८ मत प्राप्त गरि विजयी हुनुभएको छ । उप मेयरको पदको निकटतम प्रतिद्वन्दी लोसपा उम्मेदवार सगुफा खातुनले ४ हजार १६३ मत पाउनुभयो । नगर प्रमुख सिंह नेकपा एमाले पचरौता नगर कमिटीको अध्यक्ष समेत रहनुभएको छ ।
निर्वाचन कार्यालय पचरौताले मंगलवार नै नवनिर्वाचित मेयर सिंह र उपमेयर खातुनलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको छ । नगरप्रमुख सिंहले चुनावी प्रतिवद्धता पत्रमा पचरौताबाट एम बि बि एस अध्ययन गर्ने छात्रछात्रालाई १० लाख तथा दलित समुदायबाट अध्ययन गर्ने छात्रछात्रालाई थप ५ गरी १५ लाख अनुदान रकम दिने घोषणा गर्नुभएको छ । पचरौतासंगै बाराको १६ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।
यसैबीच यसपटकको निर्वाचनमा नेकपा एमाले बारा जिल्लामा सबैभन्दा ठुलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख र एक स्थानमा उपप्रमुख जितेको एमालेले यस पटक ५ पालिकामा प्रमुख, र ६ वटा पालिकामा उपप्रमुखमा बिजयी भएको हो । नेकपा एमालेले पचरौतासंगै कलैया उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख, निजगढ नगरपालिकामा प्रमुख र उपप्रमुख, जीतपुरसिमरामा उपप्रमुख, परवानीपुर, र प्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हात पारेको छ । अघिल्लो पटकको निर्वाचनमा प्रमुख समेत जितेको जीतपुरसिमरामा भने अहिले गठबन्धनबाट नेकपा माओवादी केन्द्रले जितेको छ । एमालेले ५ स्थान जित्दा कांग्रेसले भने ४ पालिका प्रमुख÷उपप्रमुख मात्र जितेको छ । अघिल्लो पटक कलैया उपमहानगरपालिकासहित तीन नगरपालिका सहित ६ स्थानमा जित हात पारेको कांग्रेसले अहिले चार स्थानमा सिमि तबनेको हो । कांग्रेसले गठबन्धन गरेको जीतपुरसिमरा, कलैया र निजगढ तीन वटा मैं सफलता हात पार्न सकेन् । माओवादी, जनता समाजवादी र एकिकृत समाजवादीसँग गठबन्धन गरेको कांग्रेसले कलैयामा प्रमुख, निजगढमा प्रमुख र जीतपुरसिमरामा उपप्रमुख पदमा पराजय व्यहोरेको हो ।