काठमाण्डौं,गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।
अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, सोमवार बिहान उनी पक्षका कानून व्यवसायीहरुले अदालतमा रिट निवेदन दिएका हुन् । निवेदनसँगै प्रसाईंले आफू क्यान्सरबाट पीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि बुझाएका छन् ।
यसैबीच पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले अस्पताल भर्ना गरेको छ । स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको ब्यूरोका अधिकृतहरु बताएका छन् ।अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।यता मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । प्रसाईंका समर्थकहरुले सोमवार दिउँसो विरोध प्रदर्शन गरेका हुन्। उनलाई तत्काल रिहा गर्न उनीहरुले माग गरेका छन।

















