निजगढ,निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि लगानीको ढाँचा टुंगो लगाउने भएको छ । सरकारले आर्थिक वर्ष २०८०,०८१ बाट निर्माण कार्य सुरू गर्ने गरी निजगढ विमानस्थलको लगानी तथा ढाँचा टुंगो लगाउने भएको हो ।
मंगलवार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यही वर्ष भित्रमा लगानीको ढाँचा टुंगो लगाई निर्माणको काम अगाडि बढाउने बताउनुभएको हो ।
त्यसैगरी सरकारले काठमाडौं–निजगढ द्रूतमार्गलाई समयमै सम्पन्न गर्ने जनाएको छ । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिनुभएको हो । काठमाडौं र मधेशलाई छिटो जोड्ने उक्त आयोजना केही समयदेखि निर्माणाधीन रहेको छ ।
आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निजगढ– काठमाण्डौं दु्रतमार्ग निर्माणको लागि पर्याप्त बजेट व्यवस्था गरिनेसमेत बताउनुभयो ।