निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ का किसान हर्कबहादुर आलेले पालेको एउटा गाईले एकैबेतमा २ वटा बाच्छी जन्माएको छ ।
आलेले पालेको जर्सी गाईले तेस्रो बेतमा एकैपटक २ वटा बाच्छी जन्माएको हो । गाईले एकपटक २ वटा बाच्छी जन्माएको यो घटना दुर्लभ भएको आलेले बताउनु भएको छ । उहाँले गाई, भैसीले जुम्ल्याहा बच्चा जन्माएको भनेर अहिलेसम्म आफुले कतै नसुनेको पनि बताउनुभयो । आलेका छोरा बलदेवले भने अन्यत्र पनि गाईबस्तुले जुम्ल्याहा बच्चा जन्माएको सुनिए भएपनि यस्तो घटना विरलैमात्र हुने बताउनु भएको छ ।
दुबै बाच्छी स्वस्थ रहेका छन । २ वटा बाच्छी पाएपछि आले परिवारमा खुसी छाएको छ । जुम्ल्याहा बाच्छी हेर्न छिमेकी र आफन्तहरु आलेको घरमा आउने क्रम बढेको छ ।