पुष्पराज खतिवडा

मनहर्वा,सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनको लागि शनिवार भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

आगामी ४ वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्न निर्वाचन गरिएको हो । ३ हजर २८७ मतदाता रहेकोमा समितिमा २ हजर ५६२ मत अर्थात करिब ७८ प्रतिशत मत खसेको शनिवार साँझबाट नै मतगणना सुरु गर्ने निर्वाचन अधिकृत मदनबहादुर क्षेत्रीले जानकारी दिनुभयो । आइतवार बिहानसम्ममा मत परिणाम सार्वजनिक हुने क्षेत्रीले बताउनुभयो ।

नयाँ नेतृत्वका लागि राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा एमालेका कासिम हुसेनको प्यानल र अन्य दलहरुको तर्फबाट राजकुमार भट्टराईको साझा प्यानल चुनावी मैदानमा उत्रिएको छ । तिन कार्यकाल नेतृत्व गर्नु भएका हुसेन चौथो पटक समितिको नेतृत्व लिन उम्मेदवार बन्नु भएको छ भने भट्टराई खानेपानीको लागि नयाँ अनुहार हुनुहुन्छ । यसअघि नव जागृति युवा क्लबको अध्यक्ष रहेका भट्टराई अन्य संघसंस्थामा आवद्ध रहदै आउनु भएको छ । भट्टराई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको समर्थनमा उम्मेदवार बन्नुभएको हो । उहाँको ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा पूर्णचन्द्र तिमिल्सिना, सचिव राजेन्द्र सुवेदी, सहसचिव रुद्रनाथ शर्मा र कोषाध्यक्ष दिलुमाया श्रेष्ठ उम्मेदवार बनेका छन् । यसैगरी सदस्यका उम्मेदवारमा दधिर प्याकुरेल, रामकृष्ण तिमिल्सिना, रामकुमार भट्टराई, रामबहादुर लामा, शिवचन्द्र चौधरी र सञ्चमाया श्रेष्ठ रहेका छन् ।

त्यस्तै हुसेन नेतृत्वको प्यानलको उपाध्यक्षमा शशीकुमार गौतम, सचिव जयकिशोर राउत, सहसचिव सानुबाबु कुर्मी, कोषाध्यक्ष लोकराज पौडेल रहेका छन् । यसैगरी सदस्यमा मुमानाथ शर्मा, प्रकाश बहादुर क्षेत्री, तोयानाथ लुईटेल, राजकुमार बर्तौला, निर्मला केसी र सुभद्रा कुमारी उम्मेदवार बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here