भर्खरै स्थानीय तहको चुनाव सम्पन्न भएको छ । चुनावको सबै तिरको मत परिणाम पनि सार्वजनिक भइरहेको छ । बिभिन्न स्थानको बिभिन्न तरिकाले मत परिणामहरु सार्वजनिक हुने क्रम पनि जारी रहेको छ । यो बीचमा निकै अचम्म र उदेकलाग्दा मत परिणाम पनि आएको जस्तो अनुभूति धेरैलाई भएको छ । जस्तो ः काठमाडौंमा बालेनको अग्रतालाई धेरैले आश्चार्यको रुपमा हेरेकै छन् ।

उसो त धरानमा पनि लौरोमा नै उठेका एकजना व्यक्ति निर्वाचित भएका छन् । हर्कमान भन्ने व्यक्ति त्यहाँको मेयरमा विजयी भएका छन् । उनको चुनावी अभियान र जितलाई भने धेरैले निकै चासोका साथ हेरेका छन् । उनले आफू चुनावमा उठिरहँदा कुनै तडकभडक गरेनन् बरु आम नागरिकहरुको मन जित्ने मात्रै काम गरे ।

उनले कुनै खर्च गरेनन् । कसैलाई साथमा लिएर हिडेनन् बरु सडकमा आफ्नो सुरमा हिडिरहेकाहरुलाई आफ्नो कुरा सुनाए । चुनाव जितेपछि पनि उनीमा भड्किलो पारा देखिएन । वास्तवमा नेता भनेको यस्तै हुनु पर्ने हो । धरानको विकास अब कसरी हुन्छ र हर्कमानले दिएको एउटा मुख्य संदेश पनि समाजवादकै हो ।

 

 

Leave a Reply