अघिल्लो हप्ता सरकारले धीरजप्रताप सिंहलाई प्रहरी संगठनको जिम्मा लगाएको छ । अथवा प्रहरीमा आइजिपीको जिल्ला कुनै बेला मध्य तराईको पर्सामा प्रहरी प्रमुख रहेका सिंहलाई आइजिपी बनाएको हो । सिंहलाई आइजिपी बनाएपछि प्रहरी संगठनभित्र नै चर्को असंतुष्टि देखिएको छ । प्रहरी संगठनका एकजना व्यक्ति प्रमुख भइरहदा उनकै सहकर्मीले सर्वोच्चमा रिट दिएका छन् ।

यसको फैसला हुन त बाँकी छ तर प्रहरी संगठनका व्यक्ति नै सर्वोच्चमा जानु आफैमा आश्चार्यको कुरा हो । किनभने प्रहरीमा त संगठन हाबी हुने हो व्यक्ति होइन । सिनियर र सिष्टममा जो अगाडि हुन्छ उही नै आइजिपी बन्ने हो तर नेपालमा सवालमा नेताको चेपुवामा परेपछि यो विवादमा पर्दै आएको छ ।

बरियतामा तेश्रो तहमा रहेका सिंहलाई आइजिपी बनाएको सहकर्मीको भनाइ नै प्रहरी संगठनमाथिको राजनीतिक हस्तक्षेप स्पष्ट देखिन्छ । यो पहिलो घटना भने होइन । यस्ता घटनाहरु बारम्वार दोहोरिने गरेपनि प्रहरी संगठन राजनीतिक रुपमा अलग भने रहन सकेको छैन । राजनीतिमा छिरेको प्रहरी संगठन स्वच्छ हुनेमा आफैमा पनि प्रश्न चिन्ह भने तेर्सिरहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here