सिमौनगढ,नेकपा एमाले र जसपाले शनिवार सिम्रौनगढमा दिपावली तथा छठ पर्वको अवसरमा संयुक्त रुपमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन ।

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा चुनावी तालमेल गरेका दुबै पार्टीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन । कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषेत्तम पौडेलले आगामी निर्वाचनमा सत्ता र शक्तिको भरमा चुनाव लडन आएका गठबन्धनका उम्मेदवारहरुलाई जनताले परास्त गर्नुपर्ने बताउनुभयो । उहाँले गठबन्धन सरकार निर्माण भएपछि देशमा मंहगी र भ्रष्टाचार बढको बताउनुभयो । मंहगी वृद्धि गरेर जनतालाई आहात दिने सरकारलाई आगामी निर्वाचनमा जनताले सजाय दिनुपर्ने नेता पौडेलले बताउनुभयो ।

कार्यक्रममा क्षेत्र नम्बर १ बाट एमाले जसपा गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार अच्युत मैनालीले यसअघि यस क्षेत्रबाट निर्वाचित सांसदले क्षेत्रको विकासमा कुनै काम नगरेको बताउदै जनताको पक्षमा काम नगर्ने उम्मेदवारलाई मतदान गर्न नहुने बताउनुभयो । उहाँले यसपटकको निर्वाचनमा आफू निर्वाचित भएको खण्डमा जहिले पनि जनताको हितमा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

त्यसैगरी जसपाबाट प्रदेश सभा सदस्यका उम्मेदवार एंव मधेस प्रदेश सांसदका पूर्वसभामुख सरोज यादवले सिमैनगढको विकासको लागि जसपा र एमालेका उम्मेदवारलाई बिजयी गराउनुपर्नेमा जोड दिनुयभो । उहाँले आफू सभामुख भएको बखत पनि सिम्रौनगढ क्षेत्रको विकासको लागि धेरै काम गरेको बताउनुभयो ।

नेकपा एमाले सिम्रौनगढ नगर कमिटी अध्यक्ष महेन्द्र जैसवालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेबाट संघीय सांसदमा समानुपातिक तर्फकी उम्मेदवार अंजु नेपाली, जसपाका नेता प्रमानन्द मुखिया, राजेश यादव, टेकप्रसाद चौलागाईं, मुर्तुजा अंसारी र सुन्दर बिश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्तगर्नुभएको थियो ।

Leave a Reply