वीरगञ्ज,नेपाल–भारत सीमामा सुरक्षा कडाइसँगै चारजना संदिग्ध चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ । भारतको रक्सौल मैत्री पुल नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका चारै व्यक्तिहरूले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका छन् । हिन्दी, नेपाली, अंग्रेजी तथा चिनियाँ भाषामा संवाद गरिरहेका छन् । सुरक्षा एजेन्सीका अनुसार उनीहरूको पाकिस्तानसँग सम्बन्ध रहेको संकेत देखिएको छ । ती व्यक्ति पाकिस्तानमा रहेका एक व्यक्तिसँग सम्पर्कमा रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताइएको छ ।

सुरक्षा स्रोतहरूका अनुसार ती चिनियाँ नागरिकहरू विगत एक हप्तादेखि काठमाडौंमा थिए र भारतमा प्रवेशको प्रयोजन भने अझै स्पष्ट भएको छैन । सोधपुछका क्रममा उनीहरूले आफ्नो उद्देश्य खुलाउन अस्वीकार गरेका छन् । हाल ती चारै जनालाई गोप्य स्थानमा राखेर सोधपुछ भइरहेको छ ।भारतले कश्मिरको पाकिस्तान अधिनस्थक्षेत्रमा चलाएको ‘अपररेशन सिन्दूर’ पछि रक्सौल सीमा क्षेत्रमा रेड अलर्ट जारी गरिएको थियो । त्यसैका कारण नेपालबाट भारत प्रवेश गर्ने वा बाहिरिने व्यक्तिहरूको कडाइका साथ चेकजाँच भइरहेको छ । पहिचान पत्रहरूको गहिरो अध्ययन गरी सीमामा अवैध गतिविधि रोक्न विशेष सुरक्षा रणनीति अपनाइएको छ ।

Leave a Reply