वीरगन्ज,वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह विजयी हुनु भएको छ । महानगरका ३२ वटै वडाको मङगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार , मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान विजयी हुनु भएको हो । नेकपा एमालेका मेयरका उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगीलाइ २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै राजेशमान मेयरमा निर्वाचित हुनु भएको हो । बैशाख ३० को मतदानमा महानगरमा कूल ९३ हजार ७ सय ८२ मत खसेको थियो । मेयरमा विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाउदा एमालेका सरावगीले भने २३ हजार ६ सय ७१ मत पाउनु भएको छ ।यस्तै मेयरमा राप्रपाका उम्मेदवार गिरिश गिरिले भने ३ हजार ३ सय १३ मत पाउनु भएको छ ।
यसअघि २०७४ को निर्वाचनमा भने वीरगन्ज महानगरको मेयरमा तत्कलीन संघीय समाजवादी फोरम र हालको जसपाबाट उम्मेदवार बनेका विजय सरावगी निर्वाचित हुदा , तत्कालीन राजपाबाट उम्मेदवार बनेका राजेशमान १२ हजार १ सय ६५ मत का साथ तेश्रो स्थानमा सिमित हुनु भएको हो ।
महानगरको उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी हुनु भएको छ । निकटतम प्रतिद्धन्द्धी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाइ तेब्बर भन्दा बढि मत अन्तरले पराजित गर्दै गठबन्धनबाट काँग्रेसका उम्मेदवार आलम उपमेयरमा निर्वाचित भएको हो ।

Leave a Reply