तत्कालिन बिद्रोही नेकपा माओवादी र तत्कालिन सरकारकाबीचमा शान्ति संझौता भएको मंगलवार १८ वर्ष पूरा भएको छ । नेकपा माओवादीले २०५२ सालमा सशस्त्र संघर्ष (जनयुद्ध) को घोषणा गरेपछि नेपालमा करिब दश वर्षसम्म आन्तरिक लडाई भयो । माओवादी र सरकारी सेनाकाबीचमा लडाई भइरहेको अवस्थामा तत्कालिन सरकारकाका प्रमुख गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष प्रचण्डले शान्ति संझौतामा हस्ताक्षर गरेका थिए ।योसंगै नेपालमा चलेको दश वर्ष लामो आन्तरिक लडाई अन्त्य भएको थियो र देशमा शान्तिको वातावरण सृजना भएको हो । १८ वर्षको यो अवधिमा देशमा भने धेरै राजनीतिक परिवर्तन भए तर सशस्त्र संघर्षले उब्जाएका समस्या भने सबै समाधान भएका छैनन् । अब यसको दोष गिरिजाप्रसाद कोइरालालाई दिने ठाउँ छैन । अब यो प्रश्नको सिधा जवाफ दिने स्थानमा नै स्वयम् सशस्त्र संघर्षका प्रवर्तक प्रचण्ड नै रहनु भएको छ । अहिले पनि उहाँ यो देशको कार्यकारी प्रमुख हुुनुहुन्छ । तीन-तीन पटक देशको शक्तिशाली पदमा रहदा समेत बिस्तृत शान्ति संझौतामा उल्लेख भएको कुरा किन पूरा भएनन् यसको जवाफ प्रचण्डले अब दिनु पर्दछ । प्रचण्डले अब यो वा त्यो बाहना बनाएर उम्कने ठाउँ छैन । अब बाहाना चल्दा पनि चल्दैन । सशस्त्र संघर्षको धेरै कुरा पूरा भएपनि बेपत्ताहरुको अवस्था सार्वजनिक र गम्भीर अपराधमा संलग्नहरुलाई कारबाही गर्ने विषयमा प्रचण्ड किन मौन ? ढिलो चाढो यसको जवाफ नदिइ सुख पाइदैन ।

Leave a Reply