संवाद नै समस्याको निराकण गर्ने एक मात्र माध्यम हो । राजनीतिमा संवाद हुन एकदमै आवश्यक पनि छ । संवाद समस्या समाधानको उचित माध्यम हो । पछिल्लो दिनमा नेपालमा राजनीतिक संवादहिनता बढी भएको जस्तो देखिएको छ । जसका कारण पनि राजनीतिक दलहरुकाबीचमा एक खालको द्वन्द देखिएको छ ।

द्वन्द समस्या समाधानको बाटो होइन । दुई पटक बिघटन गरिएको संसद संचालनमा आएपछ आफ्नो स्वार्थ पूर्ति गर्ने थलो पनि राजनीतिक दलका लागि संसद नै बनेको छ । पहिला प्रतिपक्षमा रहेका अहिलेका सत्तारुढ दलहरुले सदनलाई बिरोध गर्ने थलो बनाए भने अहिले प्रतिपक्षमा रहेको एमालेले बनाउदैछ ।

बहुदलीय अनि संसदीय व्यवस्थामा संसदमा विरोध प्रदर्शन गर्न पाउनु पनि जायज नै होला तर संसदमा आज नागरिकहरुको भन्दा पनि दल र उनका कार्यकर्ताहरुकै कुरा बढी हाबी भएका छन् । त्यसैले पनि आम नागरिकहरुको विषय उठानका लागि संसद सुचारु हुन आवश्यक छ । सभामुखले भूमिका निर्वाह गर्नुपर्छ तर प्रमुख प्रतिपक्षी दल एमाले पनि अब आग्रह÷पूर्वाग्रह राख्नु उचित हुदैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here