बरियारपुर,बारामा बिगत लामो समयदेखि बन्द रहेका शैक्षिक संस्थाहरु स्थानीय तहसंग समन्वय गरि संचालन हुने भएका छन । जिल्लामा कोभिड १९ पुर्णरुपमा नियन्त्रणमा आउकोले जारी मापदण्ड पुरा गरी स्थानीय निकायसंगको समन्वयमा जिल्लामा विद्यालय संचालन गरिने जिल्ला प्रशासन कार्यलय बाराले जनाएको छ ।
संक्रमण दर नियन्त्रणमा आएकोले जिल्लामा जारी निषेधज्ञा फिर्ता लिने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यलय बारामा सोमबार बसेको बैठकले बैशाख २३ गतेदेखि जारी निषेधाज्ञा फिर्ता भएको बाराको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । शिक्षण संस्थाहरु संचालनको लागि राष्ट्रिय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सि एम सिबाट पारित शैक्षिक संस्था संचालन सम्बन्धी कार्यविधिअनुसार सम्बन्धित स्थानीय तहले आवश्यक समन्वय गरि उपयुक्त व्यवस्थापन गर्न र संचालन गर्न प्रजिअ पौडेलले निर्देशन जारी गर्नु भएको छ । त्यसैगरी सबै प्रकारको पेसा, व्यवसाय, पसलहरु तथा सवारी साधनहरु पुर्ववत रुपमा सुरक्षा सतर्कता अपनाई संचालन गर्न जिल्ला प्रशासन कार्यलय बाराले आग्रह गरेको छ ।