निजगढ,राष्ट्रिय सहकारी दिवसको अवसरमा निजगढ नगरपालिका कार्यालयले आयोजना गरेको खुल्ला वक्तृत्वकला प्रतियोगितामा निजगढ ५ बागदेवस्थित ऐँचोपैँचो सहकारी संस्थाको तर्फबाट प्रतिनिधित्व गरेकी सरिष्मा चौलागाई प्रथम हुनुभएको छ ।

६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘ग्रामीण अर्थतन्त्र विकासमा सहकारीको भूमिका’ विषयमा नगरपालिकाले आयोजना गरेको वकृत्वकला प्रतियोगितामासबैभन्दा बढी अंक प्राप्त गरेर चौलागाईले प्रथम स्थान हासिल गर्नुभएको हो ।
त्यसैगरी प्रतियोगितामा निजगढ ७ स्थित लोकप्रिय साकोसकी सम्पदा खरेल व्दितीय र विद्यासागर ईङ्गलिस सेकेन्डरी स्कुलकी साहना पौडेलले तृतीय स्थान हासिल गरेका छन ।नगरभित्रका विभिन्न विद्यालय र सहकारी सस्थाको तर्फबाट ९ जना सहभागी सो प्रतियोगिताको निर्णायक मण्डलमा संस्कृति विश्व विद्यालयका उपप्रध्यापक सुदेश सत्याल र मधेस प्रदेश सहकारी रजिष्टार कार्यालयका अधिकृत सुनिल थापा रहनुभएको थियो ।

निजगढ नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रमको संचालन योजना शाखा प्रमुख अजयकुमार उप्रेतीले गर्नुभएको थियो । प्रतियोगिताका विजयीलाई सहकारी दिवस समारोहमा बुधवारपुरस्कृत गरिने प्रशासन शाखा प्रमुख जिवन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई १० हजार द्वितीय र तृतीय हुनेलाई क्रमस ७ र ५ हजारको दरले नगद पुरस्कार पदान गरिने छ।प्रतियोगिताको उद्धाटनकार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ्ग, निजगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटा, मधेस प्रदेशका रजिष्टार कार्यालयका अधिकृत सुनिल थापा, प्रशासन शाखा प्रमुख जीवन गौतमले बोल्नुभएको थियो। कार्यक्रममा स्वागत कार्यक्रममा साविक निजगढ गाविसका पूर्व उपाध्यक्ष अम्बिकाप्रसाद चौलागाई, नेस्कुन सञ्चालक शोभा राउत, निजगढ सहकारी संञ्जालका संयोजक भोलाप्रसाद गौतम लगायत विभिन्न सहकारी संस्थाका सञ्चालक एवं व्यवस्थापकको उपस्थिति रहेको थियो ।

सहकारी दिवसको अवसरमा नगरपालिकाले बुधवार बिहान प्रभातफेरि र दिउसो अन्तरक्रिया र प्रतियोगितामा विजयीलाई पुरस्कार वितरण कार्यक्रमसमेत गर्न लागेको हो ।कार्यक्रममा आआफ्नो सहकारी संस्थाको ब्यानर, राष्ट्रिय झण्डा र संस्थाको पहिचानसहित उपस्थित हुन नगरपालिकाले निजगढका सबै सहकारी संस्थासंचालक समितिका पदाधिकारी, कर्मचारीहरु, सहकारी अभियन्ता र सहकारीकर्मीहरुलाई अनुरोध गरेको छ ।

 

Leave a Reply