सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १६ मा नेकपा एमालेका उम्मेदवार हरिदेव खरेल दुई भोटले वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

झिनो मतान्तरसहित अध्यक्षमा निर्वाचित हुनु भएका खरेलले एक हजार चार सय ५४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्दी केदारनाथ बजगाईले एक हजार चार सय ५२ मत प्राप्त गर्नुभएको छ । बजगाई अघिल्लो स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । उहाँले खरेलसंग झिनो मतले पराजय व्यहोर्नुभएको हो । यता रोचक जित हात पार्नुभएका खरेलको प्यानलले भने सहज जित हात पारेको छ । वडा सदस्यमा नेकपा एमालेको महिला सदस्यको उम्मेदवार सोममाया रिमाल, दलित महिला सदस्य पवित्रा माया कार्की, सदस्य प्रेमबहादुर गोले तामाङ र हेमबहादुर बुर्जा मगर निर्वाचित भएका छन ।

Leave a Reply