राजन कुमार बानिया

पोखरिया,पर्सामा सरुवा भएर आउनुभएका सशस्त्र प्रहरीका उपरीक्षक तेज पोखरेलले शनिबार जिल्लामा रहेका बोर्डर आउट पोष्ट (बिओपी) को स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । उहाँले शान्तिसुरक्षाको अवस्थाको बारेमा जानकारी लिने उदेश्यले बिओपीको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।

उपरीक्षक पोखरेलले भिस्वा, मिर्जापुर टिहुकी, अमरपटी, पकहामैनपुर, सबैठवा र लहावरथकरीलगायतका बिओपीमा पुगेर स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको थियो । सो अवसरमा सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले तस्करी नियन्त्रण र शान्तिसुरक्षा कायम राख्न आफूले कुनै किसिमको सम्झौता नगर्ने बताउनुभयो । आम नागरिकहरुलाई अमन चयनको अनुभूति गराउन र सीमाबाट हुने तस्करी नियन्त्रणको लागि आफूबाट कुनै किसिमको सम्झौता नहुने उहाँले ठोकुवा गर्नुभयो । साथै, आफूलाई राज्यले दिएको जिम्मेवारी पूर्णरुपमा पालन गर्दै देशप्रति बफादार भइ काम कर्तव्यलाई अगाडि बढाउँदै कुनै किसिमको लोभ लालचमा नपरी सक्रियताका साथ काम गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्तसमेत गर्नुभयो ।

उहाँले बिओपीसँग जोडिएका गाउँका स्थानीयहरुसँग पनि शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको थियो । साथै, उहाँले शान्तिसुरक्षा कायम गर्न जनसमुदायको सहयोग पनि जरुरी रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here