वीरगन्ज,वीरगन्जस्थित नारायणी अस्पतालमा ट्रान्सर्फमर जडान र अन्य व्यवस्थापनका लागि सूर्य नेपाल प्रा.लि. ले नगद ३० लाख रकम सहयोग गरेको छ । वीरगन्ज महानगरपालिकाको कार्यालयमा गएर प्रा.लि. का प्रबन्ध निर्देशक प्रभाकर विक्रम शाहले नगरप्रमुख विजयकुमार सरावगीलाई नगद ३० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

पर्सा, बारा लगायत प्रदेश नम्बर २ कै सबैभन्दा ठूलो र पूरानो सरकारी अस्पतालमा ट्रान्सफर्मर जडान र अन्य व्यवस्थापनका लागि उक्त रकम सहयोग गरिएको सूर्य नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक शाहले बताउनुभयो । चेक ग्रहण गर्दै नगरप्रमुख सरावगीले नारायणी अस्पतालको व्यवस्थापनमा उक्त सहयोग उपयोगी हुने र रकमको सही सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो । नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्रबहादुर प्रधान, नारायणी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौला लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरिएको मेयर सरावगीका स्वकीय सचिब पिन्टु उपाध्यायले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here