कलैया,नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।शनिवार साँझ सार्वजनिक अन्तिम मत परिणाम अनुसार प्रेस चौतारी र प्रेस युनियन गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका श्याम बञ्जरा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । महासचिवमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्च लगायतका संगठनका साझा उम्मेदवार शैलेन्द्र महतो (क्रान्ति) निर्वाचित हुनुभएको छ ।

अध्यक्ष पदमा चौतारी र युनियनको गठबन्धनबाट उम्मेदवार बन्नुभएका बञ्जराले ३ सय १३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी अवधेस झाले २ सय ४६ मत पाउनु भएको छ । यस्तै महासंघ मधेस प्रदेशको महासचिवमा विजयी शैलेन्द्र महतो (क्रान्ति) ले ३ सय ९० मत पाउनु भएको छ ।

उहाँको प्रतिद्वन्द्वी राजन सिंहले ३ सय २१ मत पाउनु भएको छ । सिंह प्रेस चौतारी र प्रेस युनियनको साझा उम्मेदवार हुनुहुन्थ्यो । महिला उपाध्यक्षमा ज्योति झा निर्वाचित हुनुभएको छ । उहाँले ३ सय ७१ मत ल्याउनु भएको छ । उहाँको प्रतिस्पर्धी हेम कुमारी (सुनिता) ले २ सय ३१ मत पाउनु भएको छ ।त्यस्तै सचिवमा प्रेस सेन्टरका दिपक गौतम विजयी हुनुभएको छ । उहाँले २ सय ६५ मत ल्याउनु भएको छ । उहाँका प्रतिद्वन्द्व नविनकुमार नवलले २ सय ५० मत ल्याउनु भएको छ । कोषाध्यक्षमा भने अनिलकुमार गौरव विजयी हुनुभएको छ । उहाँले मत प्राप्त गर्नुभयो ।

Leave a Reply