अबैध लागुऔषध चरेश सहित पक्राउ परेका गुलाबी प्रसाद कुशवाहा ।

बारा –  ८ किलो ५ सय ग्राम अवैध लागु औषध चरेश सहित बारा प्रहरी एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको विहार मोतिहारी जिल्ला थाना कुन्दवा चैनपुर ग्राम कोरैया लौखान वडा नं.८ बस्ने भजु महतो कुशवाहाको छोरा ४० बर्षिय गुलाबी प्रसाद कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

 

विशेष सूचनाको आधारमा बुधबार अपराहन्न प्रहरी टोलिले कलैया उपमहानगरपालिका वडा नं.६ स्थित संदिप साहको होटलमा खाना खाई रहेका पक्राउ गरेको प्रहरीले जनाएको छ । पिठ्युमा बोक्ने कालो रंगको झोला चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा ९ पाकेट लागु औषध चरेश फेला परेको हो । निजलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको बाराका प्रहरी उपरिक्षक विकाशराज खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here