जनकपुरधाम – मधेस सरकारको बजेट सर्वसम्मतले पारित भएको छ। प्रदेशसभा बैठकमा बजेट माथिको छलफल सकेपछि छलफलको क्रममा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिएपछि विनियोजन विधेयक २०८० सर्वसम्मतले पारित भएको छ।असार १ मा अर्थमन्त्री संजयकुमार यादवले २०८०र८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए। अर्थमन्त्री यादवले ल्याएको बजेटमाथि असार २३ गतेदेखि छलफल भएकोमा छलफलको क्रममा उठेको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका हुन्।छलफलको क्रममा उठेको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि अर्थमन्त्री यादवले पारित गर्न पेश गरेको विनियोजन विधेयक सर्वसम्मतले पारित भएको सभामुख रामचन्द्र मण्डलले सदनलाई जानकारी गराए।

Leave a Reply