वीरगन्ज,पर्साको पटेर्वासुगौली गाउँपालिकामा नेपाली कांग्रेसका दिनेश कुमार चौधरी थारु निर्वाचित हुनुभएको छ । नेकपा एमालेका निवर्तमान अध्यक्ष हरिनारायण चौधरीलाई १ हजार २ सय मतान्तरले पराजित गर्दै दिनेश निर्वाचित हुुनुभएको हो ।
दिनेशले ५ हजार १ सय ४४ मत ल्याउनुभएको छ भने हरिनारायणले ३ हजार ९ सय ४४ मत पाउनुभयो । नेपाल सुशासन पार्टीका लालबाबु महरले ७ सय २३ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा) का दीपक यादवले ४ सय ६९ मत पाउनभएको छ । यादव मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिवसमेत हुनुुहुन्छ ।
दिनेश गत स्थानीय तहको निर्वाचनमा ८२ मतले हरिनारायणसँग पराजित हुनुभएको थियो ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी ममता महतो दोहोरिनुभएको छ । ४ हजार ४ सय ४४ पाउनुभएकी महतोले नेकपा एमालेकी मन्तुरा देवीलाई ४ सय ३१ मतले पराजित गर्नुभएको हो । मन्तुराले ४ हजार १३ मत पाउँदा नेपाल सुशासन पार्टीकी कविता कुमारीले ८ सय २२ मत पाउनुभएको छ । जसपाकी असमोहनी कुमारीले ६ सय ९९ मत पाउनुभयो ।
वडा नम्बर १ एमालेका फरमान मियाँ अन्सारी (५२३), २ मा कांग्रेस बिजय गैरे (८१३), ३ मा कांग्रेसकै माधवप्रसाद राउत थारु (८५७), ४ मा कांग्रेसकै बासु पञ्जियार थारु (१२०३) र ५ मा कांग्रेसकै बिपिन चौरसिया (१३२१) बिजयी भएका छन् ।