काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बिहान उहाँहरुबीच भएको भेटमा चुनावको अहिलेसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा गठबन्धन गरेको अवस्थामा चुनावको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आउँदो सहकार्यका रुपमा हेरिएको छ ।

Leave a Reply