सिमरा,कर्णाली प्रदेशमा आयोजित यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले उचालेको छ ।प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न १६ वर्षमुनिको टिबी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई सात विकेटले पराजित गर्दै मधेश प्रदेशले उपाधि उचालेको हो ।टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ३३ ओभरमा सबै विकेट गुमाउँदै एक सय १२ रन मात्र बनाउन सक्यो । बागमतीका लागि प्रसिद्ध जैसीले २५ रन, रोहित ठाकुरले २२ रन र आशीष गुप्ताले १७ रन बनाए ।बागमतीले दिएको एक सय १३ रनको लक्ष्य मधेश प्रदेशले २४.५ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।मधेश प्रदेशका ओपनर आयान मुखियाले अविजित २२ रन बनाए भने पाँचौं नम्बरमा आएका सन्तु मण्डलले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ४३ रनको उत्कृष्ट योगदान दिए ।विजेता मधेश प्रदेशलाई कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले एक लाख २५ हजार राशीसहित पुरस्कृत गर्नुभएको थियो ।

Leave a Reply