वीरगन्ज,नेपाली कांग्रेसका निवर्तमान नगरप्रमुख लोकनारायण यादवलाई २ हजार ८ सय ९१ मतको फराकिलो मतान्तरले पराजित गर्दै पाठक निर्वाचित हुनुभएको हो ।
पाठकले ६ हजार ६ सय २४ मत पाएका छन् भने यादवलाई ३ हजार ७ सय ३३ मत परेको छ । जनता समाजवादी पार्टी (जसपा) का सुरज कुमार मानन्धरले २ हजार ६ सय ८४ मत पाउँदा नेकपा माओवादी केन्द्रका चन्द्र भुषण सिंहले १ हजार ३ सय ७२ मत पाउनुभएको छ ।
नेकपा एकिकृत समाजवादी पार्टीका सत्यनारायणप्रसाद दास थारुले १ हजार ३ सय ५७ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मैनुरदिन मियाले ५ सय १५ मत पाउनुभयो ।
नगर उपप्रमुखमा पनि नेकपा एमालेकै पुजा चौधरी निर्वाचित हुनुभएको छ । पुजाले ७ हजार ६ सय १६ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निवर्तमान उपप्रमुख अर्चना चौधरीले ३ हजार ४ सय ३० मत पाउनुभयो । जसपाकी रंजना देवी यादवले २ हजार ४ सय ५५ मत पाएकी छिन् भने नेकपा माओवादी केन्द्रकी शोभावती कुमारीले १ हजार २ सय ७४ मत पाउनुभयो ।
वडा नम्बर १ मा नेकपा एमालेका राजकपुर खवास (७०४), २ मा एमालेकै बीरेन्द्र प्रसाद महतो थारु (८३३), ३ मा कांग्रेसका सुकमान तामांग (१३६९), ४ मा जसपाका शेष खुर्सिद मियाँ (९०९), ५ मा लोसपाका नितेश मिश्रा (६२३), ६ मा स्वतन्त्र उम्मेदवार नवलकिशोर प्रसाद कलवार (४९८), ७ मा कांग्रेसका शंकर रायभर (६२२), ८ मा कांग्रेसकै सुन्दरी देवी थरुनी (६८८) र ९ मा जसपाका रामबढाई प्रसाद यादव (६०१) मतले निर्वाचित भएका छन् ।