दुई मोटरसाइकल ठोक्किदा तीनजना घाइते

बरियारपुर,

बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ ईनर्वामा दुईटा मोटरसाइकल एक आपसमा ठोकिदा तीनजना घाईते भएका छन । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बरियारपुर बस स्टैण्डबाट मझरियातर्फ जाँदै गरेको ना २९ प ८६२९ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको न ५४ प १५०८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा महागढीमाई नगरपालिका वडा नम्बर २ निवासी सिकेन्द्र महतो र राजेन्द्र माझी गम्भीर घाईते भएको प्रहरी चौकी बरियारपुरको प्रहरी नायब निरीक्षक आर के थापाले जानकारी दिनुभयो ।

अर्को मोटरसाइकल चालक महागढीमाई नगरपालिका वडा नम्बर २ तेलकुवा निवासी अभिनन्दन साह तेली पनि घाइते बनेका छन । गम्भीर घाईते सिकेन्द्र महतो र राजेन्द्र माझी र साह तीनैजनाको उपचार वीरगन्जमा भइरहेको र मोटरसाइकल प्रहरी चौकी बरियारपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।यसैबीच
साइकल यात्रीको मृत्यु

वीरगन्ज,

वीरगन्जमा मंगलबार दिउसो एलपिजी ग्याँस बोकेको बुलेटको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा पर्ने ड्राइपोर्ट बहुअरी चोकमा एलपिजी ग्याँस बोकेको एनएल ०१ एबी ४३७३ नम्बरको बुलेटले साइकलमा सवार पर्साको बहुरमाई नगरपालिका वडा नम्बर २ निवासी ३० बर्षिय लालबाबु साह तेलीलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । वीरगन्जको अलौं सिर्सियास्थित एकीकृत भन्सार जाँच चौकी आइसीपीबाट वीरगन्जको पावरहाउस चोकतर्फ आउदै गरेको ग्याँस बुलेटले बहुदरमाई नगरपालिकाबाट वीरगन्ज आउदै गरेका साइकलयात्री साहलाई ठक्कर दिएको थियो । ठक्कर दिने ग्याँस बुलेट र त्यसका चालक भारतको मुजफरपुर घर भएका २६ वर्षिय ललन कुमार रायलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here