निजगढ,निजगढ नगरपालिकाको वडा नं.७ मा माओवादी कोन्द्रबाट अध्यक्षका उम्मेदवार मोहन डिसीले उम्मेदवारी फिर्ता लिनुभएको छ । गठबन्धका स्थानीय नेताहरुबीच शुक्रवार राति भएको सहमतिअनुसार डिसीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

कांग्रेस(माओवादी गठबन्धनको सहमतिमा आफनो भागमा परेपछि डिसीले माओवादीबाट उम्मेदवारी दिएर चुनाव प्रचार गर्दै आउनुभएको थियो । तर कांग्रेशले सहमति विपरित सुमन लामालाई उम्मेदवार बनाएर रुख चिन्ह लिएपछि गठबन्धनभित्र विवाद सुरु भएको थियो । काग्रेशका लामाले कुनै हालतमा पनि उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि अन्तिममा माओवादीका डिसीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

गठबन्धनको सहमतिमा माओवादीले उपप्रमुख सहित ४ वडा अध्यक्ष पाउने सहमति भएपनि अब माओवादीको भागमा निजगढ नपाको वडा नम्बर ३ र ६ मा मात्रै वडा अध्यक्षका उम्मेदवार रहेकाछन । माओवादीको भागमा परेको वडा नम्बर ४ मा विशन सापकोटाले पार्टीको चुनाव हसियाहतौडा छोडेर यसअघि नै कांग्रेश उम्मेदवारको रुपमा रुख चिन्हबाट चुनाव लडनुभएको छ ।

Leave a Reply